धादिङ ०७ असार
धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ कुल बजेट १ अरब १८ करोड ९७ लाख ७ हजार ४ सय ७७.६६ रुपैया बजेट सार्वजानिक गरेको छ ।
विहीबार नगरपालिकाको दास्रो नगरसभाको तेस्रो अधिवेशन सभामा नगर प्रमुख भीम प्रसाद ढुङगानाले ४८ बुँदे नीती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
संबृद्ध नीलकण्ठ नगरपालिकाको परिकल्पनामा ल्याएको निती तथा कार्यक्रम नेपालको संविधानको भाग ४ धारा ४९,५० र ५१ अनुसार राज्यले तय गरेको निर्देशक सिद्धान्त र निर्वाचनको वेला गरेको वाचा र विषय विज्ञहरुसंग छलफल गरि नीती तथा कार्यक्रम ल्याएको नगर प्रमुखको भनाई छ ।
त्यस्तै आर्थिक वर्ष २०८०÷०८१ को वजेट तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगर उपप्रमुख दिपक विश्वकर्मले चालु आर्थिक वर्षको प्रगती प्रतिवेदन,चालु आर्थिक वर्षको आन्तरिक राजश्व बाँडफाँडको अवस्था,क्षेत्रगत वजेट तथा खर्चको अवस्था,विनियोजन विधेयक सम्बन्धमा प्रगती प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
यस आर्थिक वर्ष २०८०÷०८१ कुल बजेट १ अरब १८ करोड ९७ लाख ७ हजार ४ सय ७७.६६ रुपैया बजेट मार्फत कृषि तथा पशु,उद्यम उद्योग वाणिज्य,संस्कृति तथ पर्यटन,सहकारी,सामाजिक बिकास,स्वास्थ्य,शिक्षा,युवा तथा खेलकुद,खानेपानी तथा सरसफाई,लैङिगक समानता तथा सामाजिक समावेशिकरण,पूर्वधार विकास,वन वातावरण विपद् व्यवस्थापन,सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्र, न्यायिक समिती जस्ता शिर्षकहरुमा बजेट समावेश भएको छ ।
। चालु आर्थिक वर्ष २०७९÷०८० को कुल बजेट १ अरब ५१ करोड ३४ हजार २ सय ५५ मध्ये असार ६ गतेसम्म ८९ करोड २ लाख ६५ हजार ४ सय १५.६१ रुपैया खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस