धादिङ ०३ असार
ज्वालामुखी गाउँपालिका अन्तर्गत रहेको मुल सडकमध्यको साँधभज्याङ सडक सुधारको क्रममा मापदण्ड विपरित बनेका घर टहराहरु भत्काउने कामको सुरुवात भएको छ । आईतबारबाट गाउँपालिकाले मापदण्ड विपरित बनेका घरहरु भत्काउने कार्य सुरु गरेका हुन ।
गाउँपालिकाले जेठ ३ गते कार्यपालिकाको बैठकबाट निर्णय गरि गाउँपालिका क्षेत्र भित्र निर्माण भैरहेको मुख्य मुख्य सडकको सिमाभित्र सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएको भवन गोठ र टहरा लगायतका भौतिक संरचनाहरु हटाउनको लागि सात दिनको सूचना निकाली समय दिन पनि गाउँपालिकाले दिएको समयभित्र नहटाएपछि गाउँपालिकाले नै हटाउन थालिएको वडा अध्यक्ष किशोर सेँडाईले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस