धादिङ ०१ असार
न्यू किवो वोर्डिङ स्कुल धादिङमा विद्यार्थीलाई हप्ताको १ दिन सीपमुलक तालिम प्रदान गर्ने भएको छ ।
शुक्रबार एक अतिरिक्त क्रियाकलापको आयोजना गरि विद्यार्थीलाई स्थानीय सीपमुलक तालिम दुना टपरी बुनाई सम्बन्धी तालिम संचालन गरिएको छ ।
बिद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि ९ कक्षासम्मका विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमित नभइ चौतर्फी पक्षको बिकास गर्ने उदेश्यले परम्परागत सीप दुना टपरी बनाउन विद्यालयका शिक्षक शिक्षिको सिकाएको बिद्यालयका शैक्षिक संयोजक सिताराम महतले बताउनुभयो ।
कक्षा ६–९ कक्षासम्म अध्ययन गर्ने उमेर समुहका बालबालिकाहरु भनेको हरेक कुरा सिक्न उत्साहित हुने सिक्नको लागि पुर्ण रुपमा तयार हुने भएको हुनाले उनीहरुलाई सिक्न धेरै समय नलाग्ने बिद्यालय प्रधाध्यापक प्रसाय रेग्मीले बताउनुभयो ।
उहाँले हरेक विद्यार्थीहरु फरक फरक प्रतिभा र क्षमता हुन्छ त्यस्तै टपरी बुनाई सिकाइमा पनि कति विद्यार्थीहरु सिकाउने बित्तिकै सिकेको र कति विद्यार्थीहरुले धेरै समय लगाएको बताउनुभयो ।
यस बिद्यालयले विगतका दिनहरुमा पनि शिक्षण सिकाई क्रियाकलाप तथा विद्यालयको बार्षिक कार्या पात्रोमा नै समावेश गरी हप्ताको एक दिन फरक फरक कक्षाका विद्यार्थीहरुलाई विभिन्न प्रकारको अतिरिक्त क्रियाकलापमा सरिक गराउदै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस