धादिङ ०१ असार
धादिङ अस्पतालमा न्यूनतम सेवा फलोअप मापदण्ड मापन कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा न्यूनतम सेवा फलोअप मापदण्ड मापनको नतिजा सार्वजानिक गरिएको हो ।
न्यूनतम सेवा फलोअप मापदण्ड मापनमा धादिङ अस्पताल ९६ अंक ल्याउँदै ५० बेडको अस्पतालहरुमा देश कै दोस्रो र्याङकिङमा रहन सफल भएको छ । यस अघि पाँचौ न्यूनतम सेवा फलोअप मापदण्ड मापनमा धादिङ अस्पतालले ९३ अंक ल्याएको थियो । प्रदेशकै पहिलो र्याङकिङमा भने भक्तपुर अस्पताल ९७ अंकका साथ अगाडि छ ।
धादिङ अस्पतालमा टिमवर्क कै कारण धादिङ अस्पतालबाट गुणस्तरिय सेवा प्रवाह हुन सकेको बताउदै अस्पतालले संचालनमा ल्याएको फार्मेसी प्रदेश मै उत्कृष्ट रहेको न्यूनतम सेवा फलोअप मापदण्ड मापन गर्न प्रदेशबाट खटिएको सिन्धुली जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट उमेश प्रधानले बताउनुभयो ।
त्यस्तैगरि कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले स्वास्थ्य,सुरक्षा क्षेत्रको कुराहरुमा उच्च प्राथमिकतामा राखेर कार्य सञ्चाल गरिरहेको बताउनुभयो । अस्पतालको बिकासमा स्थानीय सरकारसंग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमकै अवसरमा ज्येष्ठ महिनाको उत्कृष्ट कर्मचारीको रुपमा आईसीयु तथा डायलायशिस कक्षामा कार्यरत सोविता रेग्मीलाई सम्मान समेत गरेको थियो ।
धादिङ अस्पताल व्यवस्थापन समिती अध्यक्ष राजाराम रिजालको अध्यक्षता प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा स्वास्थ्य कार्यालय धादिङका प्रमुख नरेन्द्रकुमार झा,जिल्ला अस्पताल धादिङका निमित्त मेडिकल सुपरीटेन्डेन्ट रुद्रमणि भण्डारी विभिन्न संघसंस्थाका प्रतिनिधी पत्रकार लगायत अस्पतालका कर्मचारीहरुको सहभागी रहेको थियो ।
५९ जना दरबन्दी हुनुपर्नेमा ३४ जना सहित १५३ जना स्वाथ्यकर्मी र कर्मचारी कार्यरत रहेको यस अस्पतालमा व्यवस्थित पार्किङ,वाल उद्यान,थेरापी सेवामा सुधार,परिवार व्यवस्थापनको लागि काउन्सिलिङ कोठा,पहुँचयुक्त शौचलय,फोहोर मैला व्यवस्थापन,धुम्रपान निषेधित क्षेत्र जस्ता कुराहरुमा व्यवस्थापन गर्न सके अझै र्याङकिङमा अगडि बढ्ने दखिन्छ ।
प्रतिक्रिया दिनुहोस