धादिङ ३१ ज्येष्ठ
खनियावास गाउँपालिकाका महिला समूहलाई बाख्रा वितरण गरिएको छ ।
हेफर प्रोजेक्ट नेपाल तथा ग्रामीण आपसी बिकासको साझेदारीमा खनियाबास गाउँपालिका वडा नम्बर १ का २९ जना महिलालाई बाख्रा वितरण गरिएको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरि विभिन्न समुहमा आबद्ध महिला समूहलाई २९ वटा बाख्रा वितरण गरिएको सामुदायिक कृषि तथा पशु स्वास्थ सेवाका कार्यकर्ता सुकलाल बिकले जानकारी दिनुभयो ।
खनियावास गाउँपालिकालाई कार्यक्षेत्र बनाई यस संस्थाले कृषि तथा पशुपंन्छी वितरण,तालिम तथा स्वास्थ्य कार्यक्रमहरु संचालन गरिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस