धादिङ २१ चैत
नुवाकोटको म्यागङ गाउँपालिकामा एक महिने स्यामा(लुङगी)बुनाई तालिम सम्पन्न भएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरि ग्रामीण प्रबद्र्धन केन्द्रका अध्यक्ष शिराम घलेको अध्यक्षता म्यागङ गाउपालिकाका उपाध्यक्ष सिता तामाङको प्रमुख आतिथ्यतामा समापन भएको हो ।
कार्यक्रमको विशेष अतिथिमा प्रमख प्रशासकीय अधिकृत रमेश सिङदान,महिला बिकास निरीक्षक नारायणी पँगेनी,वडा अध्यक्ष कमल बहादुर तामाङ,ताम्सालिङ संस्थाका अध्यक्ष मनिकुमारी तामाङ लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि सिता तामाङले पहिचान झल्काउने सिपमुलक तालिमको आयोजनाले सिङगो गाउपालिकाको पहिचान झल्काईरहेको बताउनुभयो । म्यागङ गाउपालिकाको संबृद्धि र बिकास तर्फ आफ्नो ध्यान केन्द्रित भईरहेको बताउदै स्यामा बुनाई तालिमले स्वरोजगार बन्न सक्ने विस्वास व्यक्त गर्नुभयो ।
यस्ता मौलिक पहिचान झल्काउने,समूदायलाई सिपमुलक बिकास तर्फ डोराउने भएकाले आगमी दिनहरुमा गाउपालिकाले अझै नयाँ र प्रभावकारी तालिम प्रदान गरी लघु उद्योगको मोडालिटीमा लान सकिने र त्यसबाट अर्थतन्त्रको वलियो आधार बन्न सक्ने दावी गर्नुभयो । एक महिना सम्म तालिममा सहभागी भई सिप सिक्नुहुने सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत तामाङले मौलिक पहिचान संगै सिपमुलक तालिमको बिकास र प्रयोगले संबृद्ध समाज निमार्ण गर्न टेवा पुग्ने बताउनुभयो । सिपमुलक तालिम दिईरहदा प्राविधिक कुराहरुमा व्यवस्थापन गर्न सके आझ राम्रो हुने बताउनुभयो ।
म्यागङ गाउपालिकाद्धारा आयोजना ग्रामीण प्रबद्र्धन केन्द्रको प्राविधिक सहयोग रहेको कार्यक्रममा तालिममा सहभागीलाई प्रमाण पत्र द्धारा सम्मान गरिएको थियो । उक्त तालिम फागुन २० गते देखि चैत्र १९ गते सम्म संञ्चालन भएको थियो ।
रेन्जा थारा मेसिनद्धारा बुनिने स्यामा हस्तकला सिप अन्तर्गत पर्दछ,यसमा फेटा,स्यामा,गुनियो,पछ्यौरी लगायतको बुनाई तालिम दिइएको थियो ।
कार्यक्रममा स्थानीयवासीहरुको भव्य सहभागी रहेको थियो । अतिथिहरुलाई पनि फेटा,स्यामा,गुनियो प्रदान गरि सम्मान गरिएको गाउपालिका उपाध्यक्ष तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस