धादिङ १५ चैत
जिल्ला प्रहरी कार्यालय धादिङले बहुमुल्य धातु रेडमर्करीको प्रलोभनमा पारी आपराधिक लाभ लिइ ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ सालबोटे बस्ने बर्ष २३ का राजेश लम्साल,सोही वडा बस्ते बर्ष ४० को प्रेम बहादुर गुरुङ र गंगाजमुना गाउपालिका वडा नम्बर २ बस्ने बर्ष २६ को सुकु लामा तामाङ रहेका छन् ।
उनीहरुले स्थानीय सोझा साझा जनताहरुलाई विभिन्न किसिमका प्रलोभन देखाई विभिन्न मानिसहरुबाट ठुलो रकम उठाउने कार्य भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलिले ठगी तथा आपराधिक लाभ कसुरमा संलग्न भएकोले ३ जनालाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।
तीन जनामध्ये राजेश लम्सालले ६ लाख ४४ हजार ९ ५०,प्रेम बहादुर गुरुङले,६ लाख ५ हजार गरि १२ लाख ४९ हजार ९५० रकम उठाएको हो,सुकु लामा तामाङ भने रेड मर्करी विक्री गर्ने भनिएको छ ।
पक्राउ पर्ने तीन जनालाई आपराधिक लाभ(एक्सटर्सन)विरुद्धको कसुरमा बुधबार धादिङ जिल्ला अदालतबाट थप ३ दिनको म्याद लिई अनुसन्धान भईरहेको प्रवक्ता जैसवारले बताउनुभयो ।
यस्ता अपराधिक समूहले विभिन्न सामाजिक संञ्जालको प्रयोग गरि सोझा साझा व्यक्तिहरुलाई फन्दामा पारी रेडमर्करीको ठगीमा पेरेको छ भने भ्रमको पछाडी नलागि तुरुन्त प्रहरीलाई खबर गरी सहयोग गर्न समेत प्रवक्ता जैसवारले आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस