धादिङ १५ चैत
नेकपा माओवादी केन्द्र धादिङको नीलकण्ठ नगरकमिटी सह–सचिव विष्णु प्रसाद ढुङगाना ७२ घण्टा नबित्दै पुःन आफ्नो पार्टीमा फर्किएको छ ।
गत चैत ११ राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको नीलकण्ठ नगरसभामा नगरसभाको सभापतिमा चयन भएको ढुङगाना आफ्नै पार्टीमा आएको घोषणा गरेको हो ।
मंगलबार सामाजिक संञ्जालमा एक स्टटस लेखेर नेकपा माओवादी केन्द्र धादिङ जिल्लाको संगठन सुदृढीकरणमा लामो समय सम्म संघर्षरत भएको आफ्नो पहिलो रोजाई नै यहि नेकपा माओवादी केन्द्र पार्टी भएको हुनाले सबै नेतृत्वमा सच्यिएर अगडी बढ्नु पर्नेमा त्यसो नभएपछि पार्टी परित्याग गरेको उहाँको भनाई छ ।
सबै जिल्ला नेतृत्वहरु एक ढिक्का भएर अगाडि बढ्ने प्रतिबद्धता भएको हुँदा पुःन नेकपा माओवादी केन्द्रको विधि विधानले वाधिएको महसुस गरि पार्टीमा फर्किएको घोषण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस