• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Wed, 04, Oct, 2023
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

धादिङ बोर्डिङका ३ विद्यार्थीले ल्याए ३.९५ जिपिए/बुधबार विद्यार्थीहरु सम्मानित

१८ असार २०७६, बुधबार २१:१७

रेडियो बिहानी संवाददाता

धादिङ १८ आषाढ
धादिङ जिल्लाकै उत्कृष्ठ विद्यालय धादिङ आवासीय माध्यमिक विद्यालयले आज एस.इ.इ परीक्षामा सवोत्कृष्ठ जिपिए सहित सफल विद्यार्थीहरुका लागि सम्मान तथा नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको आयोजना गरेको छ । भर्खरै सार्वजनिक भएको एस.इ.इ परीक्षा २०७५ मा धादिङ आवासीय माध्यमिक विद्यालयबाट परीक्षा दिएका ४८ जना विद्यार्थीहरुमध्ये नवीना श्रेष्ठ, सिद्धान्त श्रेष्ठ, अशिम तिवारीले ३.९५ जिपिए ल्याई नीलकण्ठ नगरपालिकाभित्रका विद्यालयहरुमा उत्कृष्ठ विद्यालय बनेको हो । यस्तै नम्रता श्रेष्ठ, सक्षम तिमल्सिना र समीक्षा तामाङले ३.९ जिपिए ल्याएका थिए भने ३.८५ मा पूजा रिजाल, ३.७५ मा प्रिती श्रेष्ठ, ३.७० मा मोहन बहादुर गुरुङ, ३.६५ मा खुसी तामाङ सहित परीक्षामा सम्मिलित ४८ जना विद्यार्थीले नै सर्वोत्कृष्ठ जिपिए ल्याउन सफल भएका थिए ।

बुधबार विद्यालयमा सफल विद्यार्थीहरुलाई सम्मान तथा कक्षा ११ मा नव प्रवेशी विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको आयोजना गरिएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ३ का सांसद राजाराम कार्कीको प्रमुख आतिथ्यता, शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्य र नीलकण्ठ नगरपालिका धादिङका उपमेयर मनराज भण्डारीको विशेष आतिथ्यता धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, विद्यालय सञ्चालक समितिका सदस्यहरु भुपेन्द्र कुमार श्रेष्ठ, ईश्वरी प्रसाद पाण्डे, गोविन्द कुमार श्रेष्ठ, सुरेन्द्र शाह लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कार्कीले विद्यार्थीहरु लगनशील, अनुशासित र मेहनती भएकै कारण आज धादिङ बोर्डिङ स्कुलले यो सफलता हात पारेको बताउँदै भविष्यका राष्ट्र निमार्ताहरुले अझै मेहनतका साथ आफूलाई अध्ययन अध्यापनमा केन्द्रीत गरी समाज सापेक्ष बन्नका लागि अनुरोध गर्नुभयो ।

यस्तै शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यले एस.इ.इ. एउटा फलामे ढोका हो तर पनि अझै यस्ता फलामे ढोका पार गर्न बाकी रहेकाले विद्यार्थीहरुलाई आफ्नो लक्ष्य अनुरुप लाग्नुपर्ने बताउनु भयो । यस्तै बालबालिकाहरुलाई अभिभावकहरुले धेरै माया दिनुभन्दा पनि उनीहरुलाई स्वाबलम्बी बनाउनतर्फ जोड गर्नुपर्ने बताउनु भयो ।

यसैगरी नीलकण्ठ नगरपालिका धादिङका उपमेयर मनराज भण्डारीले कम जिपिए ल्याउँदैमा आत्तिनु पर्दैन हामीले धेरै बाटाहरुलाई पहिचान गरी पछ्याउन सक्छौँ भन्दै अहिलेका विद्यार्थी नै पछि गएर यो देश हाक्ने रथ बन्न सक्छन । राजनीतिमा पढाई कम भएका भन्दा अब्बल व्यक्तित्व आजको आवश्यकता रहेको कुरा बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक हरि लम्सालले बिगतका वर्षहरुमा पनि धादिङ बोर्डिङ जिल्लाको मात्रै नभएर देशकै उत्कृष्ठ विद्यालयका रुपमा स्थापित भइसकेकाले यो नतिजाले पनि विद्यालयलाई अब्बल बनाउन सफल भएकोमा सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई धन्यवाद दिदै भोलिका दिनमा पनि यस्तै नतिजा हासिल गर्दै भविष्य उज्ज्वल पार्न निरन्तर साथ र सहयोगको अपेक्षा गर्नु भयो । आगामी दिनमा विद्यालयको शैक्षिक गतिविधिलाई अझै परिस्कृत र समय सापेक्ष बनाउदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

कार्यक्रमकै अवसरमा विभिन्न विधामा शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुतिका साथै तेक्वान्दोका विभिन्न कलाहरु पनि प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रेस सेन्टर नेपाल खनियाबास गा.पा को तेस्रो भेला सम्पन्न,अध्यक्षमा अनिता सुनार चयन

बझाङकी मनिषाले भूकम्पपछि जन्माइन् चौरमा बच्चा

नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

त्रिपुरासुन्दरी गा.पा ले भव्य रुपमा मनायो ३३ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस

प्रेस सेन्टर नेपाल धादिङको नेत्रावती डब्जोङ गा.पा प्रथम भेला सम्पन्न,अध्यक्षमा शक्ति तामाङ चयन

जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णय खारेज गर्न माग

प्रेस सेन्टर नेपाल धादिङको त्रिपुरासुन्दरी गाउँपालिका प्रथम भेला सम्पन्न

धादिङमा आयुर्वेद सेवा सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

नेत्रावती डब्जोङमा जनपक्षीय काम गर्दै माओवादी केन्द्र पार्टी संगठन

प्रेस सेन्टर नेपाल धादिङको नीलकण्ठ नगरपालिकाको प्रथम भेला सम्पन्न,संयोेजकमा रचना श्रेष्ठ चयन

नेपाल उद्योग व्यापार महासंघ नीलकण्ठ न.पा को अध्यक्षमा लोक प्रसाद सापकोटा निर्वाचित
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    प्रेस सेन्टर नेपाल खनियाबास गा.पा को तेस्रो भेला सम्पन्न,अध्यक्षमा अनिता सुनार चयन

  • २

    बझाङकी मनिषाले भूकम्पपछि जन्माइन् चौरमा बच्चा

  • ३

    नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

  • ४

    त्रिपुरासुन्दरी गा.पा ले भव्य रुपमा मनायो ३३ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस

  • ५

    प्रेस सेन्टर नेपाल धादिङको नेत्रावती डब्जोङ गा.पा प्रथम भेला सम्पन्न,अध्यक्षमा शक्ति तामाङ चयन

  • ६

    जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णय खारेज गर्न माग

  • ७

    प्रेस सेन्टर नेपाल धादिङको त्रिपुरासुन्दरी गाउँपालिका प्रथम भेला सम्पन्न

  • ८

    धादिङमा आयुर्वेद सेवा सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

  • ९

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

  • १०

    नेत्रावती डब्जोङमा जनपक्षीय काम गर्दै माओवादी केन्द्र पार्टी संगठन

  • ११

    प्रेस सेन्टर नेपाल धादिङको नीलकण्ठ नगरपालिकाको प्रथम भेला सम्पन्न,संयोेजकमा रचना श्रेष्ठ चयन

  • १२

    नेपाल उद्योग व्यापार महासंघ नीलकण्ठ न.पा को अध्यक्षमा लोक प्रसाद सापकोटा निर्वाचित

  • १३

    नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले गर्यो स्वास्थ्य सम्बन्धीअभिमुखिकरण कार्यक्रम

  • १४

    प्रेस सेन्टर नेपालको प्रथम रुविभ्याली गाउँपालिका भेला सम्पन्न,अध्यक्षमा दावा तामाङ चयन

  • १५

    नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङद्धारा धादिङ अस्पताललाई ईसिजी मेशिन हस्तन्तरण

    धादिङमा रक्तदान कार्यक्रम सम्पन्न,२९ जनाले गराए रक्तदान

  • हाम्रो समाज
    थप

    बझाङकी मनिषाले भूकम्पपछि जन्माइन् चौरमा बच्चा

    नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

    जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णय खारेज गर्न माग

    प्रेस सेन्टर नेपाल धादिङको त्रिपुरासुन्दरी गाउँपालिका प्रथम भेला सम्पन्न

    धादिङमा आयुर्वेद सेवा सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

    नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले गर्यो स्वास्थ्य सम्बन्धीअभिमुखिकरण कार्यक्रम

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    •  खाद्य सुरक्षाको अवस्थामा सुधार ल्याउन सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑