फाल्गुन महिनामा सर्वसाधारणले आवेदन दिन पाउने आईपीओको संख्या बढ्दो रहेको छ । यस अघि धितोपत्र बोर्डको अध्यक्ष चयन नभएका कारणले कुनैपनि आईपीओ खुलेको थिएन । लामो समय पछि सर्वसाधरणले आवेदन दिन मिल्ने गरि जालपा सामुदायिक लगुवित्तको आईपीओ खुलेको थियो । आगामि महिनामा आवेदन मिल्ने आईपीओहरु :
१.इमर्जिङ नेपाल लिमिटेड
२.बलेफी हाइड्रो
३.ग्रीन भेन्चर्स
४.राष्ट्र उत्थान लघुवित्त
उल्लेखित कम्पनिहरु मध्ये इमर्जिङ नेपाल लिमिटेडको आईपीओ माघ २६ बाट फाल्गुन १ सम्म खुल्ला रहने छ, बलेफी हाइड्रोको आईपीओ स्थानीयवासीका लागि माघ २७ बाट फाल्गुन १२ सम्म खुल्ला रहने छ, ग्रीन भेन्चर्सको आईपीओ स्थानीयका लागि २ फाल्गुन बाट १६ फाल्गुन सम्म खुल्ला रहने छ भने राष्ट्र उत्थान लघुवित्तको आईपीओ ४ फाल्गुन बाट ८ फाल्गुन सम्म खुल्ला रहने छ ।
प्रतिक्रिया दिनुहोस