इमर्जिङ्ग नेपाल लिमिटेडले बुधवारदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता बराबरको ५ करोड ५५ लाख ६० हजार रुपैयाँको लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले निष्कान गर्न लागेको कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई बचत गरेको छ तथा सर्वसाधारणले भने बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ । आवेदकले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र आईपीओको निष्कासन तथा विक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस