• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Wed, 06, Dec, 2023
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

बेनिघाट रोराङ गाउँ पालिका धादिङको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ सहित)

११ असार २०७६, बुधबार ०८:५१

रेडियो बिहानी संवाददाता

धादिङ १० आषाढ
बेनिघाट रोराङ गाउँ पालिका प्रमुख पित्त बहादुर डल्लाकोटीद्धारा प्रस्तुत नीति तथा कार्यक्रमको पूर्ण पाठ
वेनीघाट रोराङ गाउँपालिकाका गाउसभा सदस्य ज्यूहरु,
“कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार, सम्वृद्ध वेनीघाट रोराङको आधार” यस गरिमामय पाचौ गाउँसभामा सवैमा हार्दिक स्वागत गर्दछु । स्वतन्त्रता र स्वायत्तताको लागि भएको जनआन्दोलन जनक्रान्ति, सशस्त्र संघर्षमा सहादत प्राप्त गर्ने सहिदहरु प्रति प्रथमतः भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्न लामो संघर्ष पश्चात प्राप्त अधिकारको उपयोग गरी संविधान सभावाट जारी भएको नेपालको संविधान २०७२ ले परिकल्पना गरेको जनताको प्रत्यक्ष सहभागिता रहने स्थानीय सरकारको रुपमा वेनीघाट रोराङ गाउपालिकाको नेतृत्व गर्ने अवसर प्रदान भै आज पाँचौ गाउँ सभामा गाउपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउदा गौरवान्वित महसुस गरेको छु । शिरमा महाभारत र पाउमा त्रिशुली नदि भित्र लेक, वेशी, डाँडा काँडा समेटिएर वनेको सवै जातजाती, भाषा भाषी, धर्म संस्कृतिको साझा फुलवारी वेनीघाट रोराङ गाउँपालिकाको सम्पूर्ण गाउँवासीहरुको मुहारमा खुशी ल्याउन राजनैतिक, सामाजिक र आर्थिक रुपमा देखिएको पछौटेपनको अन्त गर्दै पूर्ण लोकतान्त्रिक पद्धतिका साथ स्थानीय सरकारको माध्यमबाट गाउको विकास गर्ने ऐतिहासिक जिम्मेवारीलाई पूरा गर्ने दायित्व वेनीघाट रोराङ गाउपालिकाका हामी जनप्रतिनिधिहरुको काँधमा आएको छ ।
हामी विच रहेका प्रचुर साधन स्रोतको अधिकतम प्रयोग गर्दै समग्र गाउवासी तथा कर्मचारी प्रशासन र अन्य शुभचिन्तक, विकास साझेदारहरु समेतको साथ, सहयोग र सहकार्यका साथ हामीहरुमा प्राप्त यो ऐतिहासिक जिम्मेवारीलाई पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु । हाम्रो कार्यकाल भित्रै देशकै नमुना गाउपालिकाको रुपमा वेनीघाट रोराङ गाउपालिकालाई परिचित गराउने गरी विकासको गतिलाई अघि बढाउने प्रण गर्दछु ।
गाउसभा सदस्यज्यूहरु ,
अब म वेनीघाट रोराङ गाउपालिकाकोे आर्थिक बर्ष २०७६/०७७ मा गाउपालिकाले अवलम्वन गर्ने क्षेत्रगत नीति तथा आधारहरु पेश गर्न चाहान्छु । यो नीति तथा कार्यक्रम नेपालको संविधान २०७२ को भाग ४ धारा ४९, ५० र ५१ अनुसार राज्यले तय गरेको निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई स्वीकार गर्दै, संविधानको अनुसूची ८ र ९ ले दिएको स्थानीय तहको अधिकार क्षेत्रमा रही निर्माण गरिएकोछ ।
पूर्वाधार निर्माण र सेवा क्षेत्रमा सुधारलाई मुख्य प्राथमिकतामा राखि नीति तथा कार्यक्रम निर्माण गरेको छु । हामि विचमा श्रोत र साधनहरु सिमित छन्, सिमित श्रोत र साधनको न्यायोचित प्रयोग गर्दै हाम्रा असिमित आवश्यकता र चाहनाहरुलाई योजनावद्धढंगले क्रमिक रुपमा पुरागर्दै जाने प्रतिवद्धता व्यक्त गर्दछु । वेनीघाट रोराङ गाउँपालिकाको समग्र विकासका लागि आ.व. ०७६/०७७ का लागि निम्न क्षेत्रगत नीति तथा आधारहरु तय गरिएको छ ।
(क) सामाजिक क्षेत्र
(क१) शिक्षा

  • गाउंपालिका भित्रका विद्यालयहरुको नक्शाङ्कन, शिक्षक विद्यार्थी अनुपात, शैक्षिक गुणस्तर समेतको अध्ययन गरी विद्यालय एकिकरण, कक्षा घटुवा तथा शिक्षक दरवन्दी मिलान गरिनेछ ।ड्ड गाउपालिका भित्रका सम्पूर्ण विद्यालयमा वालविकास कोटाको व्यवस्था गरी शिक्षण सिकाईलाई प्रभावकारी वनाइनेछ ।
  • गाउँपालिका क्षेत्रका विद्यालयहरुमा कार्यरत शिक्षकहरुको क्षमता अभिबृद्धि र विद्यालयको भौतिक तथा शैक्षिक विकासद्धारा गुणस्तरीय शिक्षाका लागि अत्यावश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
  • सामुदायिक विद्यालयका शिक्षकहरुलाई आफ्नो पेशाप्रति जिम्मेवार बनाउन पुरस्कार र दण्डको व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ । साथै विद्यार्थीको शैक्षिक उपलब्धीका आधारमा उत्कृष्ट शिक्षकहरु र उत्कृष्ठ विद्यालयललाई पुरस्कृत गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
  • प्रत्येक वडामा बालक्लव गठन एवं तिनीहरुको क्षमता विकास गरी बालअधिकारका क्षेत्रमा रचनात्मक क्रियाकलाप सञ्चालन गर्न उत्प्रेरित गरिने छ ।
  • संस्थागत विद्यालयहरुको नियमित अनुगमन, निरीक्षण र नियमन लाई निरन्तरता दिई शैक्षिक मापदण्ड अनुसार सञ्चालन गरिनेछ ।
  • संविधानले शिक्षालाई मौलिक हकको रुपमा स्थापित गरिसकेकाले सबै बासिन्दालाई शिक्षाको पहुँच अभिवृद्धि गर्नाका लागि अति विपन्न वालवालिकाहरुलाई शैक्षिक सामग्री, विद्यालय पोशाक आदिको व्यवस्थापनमा सहयोग गरिनेछ ।
  • स्थानीय तहको अधिकार क्षेत्रभित्र आएको माध्यमिक तह सम्मको शैक्षिक संस्थाको अनुमति तथा नियमन कार्यलाई व्यवस्थित बनाई समयसापेक्ष प्रतिस्पर्धी गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण श्रृजना गरिनेछ ।
  • सामुदायिक विद्यालयका विषयमा खुल्ला सार्वजनिक सुनुवाई गरि समाज र पेशाप्रति उत्तरदायि बनाइनेछ ।
  • निजी विद्यालयहरुलाई शैक्षिक मापदण्ढ अनुसार सञ्चालन भए नभएको विषयमा अनुगमन गरी मूल्याङ्कन गरिनेछ ।

(क२) स्वास्थ्य

  • सवै वडामा प्रशुति सेवा सहितको स्वास्थ्य सस्था स्थापना गरिनेछ र सवै स्वास्थ्य चौकी तथा सामुदायीक स्वास्थ्य इकाईहरुको क्षमता विकास गरी स्त्तरीय स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
  • वडा नं. ३ मा रहेको राजमार्ग सामुदायीक अस्पताललाई ट्रमा सेन्टर सञ्चालनको लागि आवस्यक पहल गरिनेछ ।
  • नेपाल सरकारबाट निःशुल्क प्रदान गरिने औषधीहरु सबै गाउँबासीहरुको सरल र सहज पुहँचमा पु¥याइनेछ ।
  • स्वास्थ्य चौकी अन्तर्गत चलाइने गाउँघर क्लिनिक कार्यक्रमलाई प्रभावकारी वनाई ज्येष्ठ नगारिकहरुको स्वास्थ्य परिक्षण नियमित गरिनेछ ।
  • स्वास्थ्य शाखाको समन्वयमा महामारीजन्य रोग निवारणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न पहल गरिनेछ ।
  • समग्र ग्रामीण क्षेत्रको स्वास्थ्यलाई ध्यानमा राखी आगलागी, भूकम्प, झाडापखाला, महामारी, चट्ट्याङ, एच.आई.भी. एड्स आदिको संभावना, जोखिम र यसको न्यूनिकरण तर्फ जनचेतना बृद्धि गर्ने कार्यक्रमहरु संचालन गरिनेछ ।
  • गाउपालिकालाई गुट्खा जन्य पदार्थ निषेधित क्षेत्र कायम राखिनेछ भने मदिरा जन्य पदार्थको विक्रि वितरणलाई व्यवस्थित वनाउनुका साथै घरेलु तथा पलाष्टिकका वोतलमा शिलवन्दि भएका मदिराको उत्पादन तथा विक्रि वितरणलाई पूर्ण निषेध गरिनेछ ।

(क३) खानेपानी तथा सरसफाई

  • वाच्नका लागि स्वच्छ खानेपानी भन्ने मर्मलाई उच्च प्राथमिकता दिई विभिन्न वडाभित्र रहेका खानेपानी मुहानहरु पहिचान, संरक्षण र संबद्र्धन गरी सबै घरमा एक घर एक धारा पु¥याउने नीति लिइनेछ ।
  • खानेपानी वितरणलाई सहज र प्रभावकारी वनाउन मुहानको एकात्मक अधिकार अन्त्य गर्दै सामुहिक अधिकार स्थापित गरिनेछ ।
  • खानेपानीका मुहानको संरक्षणका लागि मुहान आसपासमा उपयुक्त मापदण्ढ बनाइ संरक्षण कार्यलाई सुदृढ गरिनेछ ।
  • खानेपानीका समितिहरुलाई वातावरण तथा सरसफाई प्रति उत्तरदायि बनाउने खालका नीति अबलम्बन गरिनेछ ।

(क ४) संस्कृति प्रवद्र्धन

  • सामुुदायीक अध्ययन केन्द्र, पुस्तकालयहरुलाई सुव्यवस्थित गर्दै पठन संस्कृतिको विकास गरिनेछ ।
  • गाउँक्षेत्र भित्रका सवै जातजाति, धर्म, सम्प्रदाय, भाषा र मौलिक संस्कृतिको जगेर्ना गर्ने कार्यक्रमलाई प्राथमिकता दिइनेछ भने विभिन्न जात्रा, महोत्सव र पर्वहरुमा जातजाति विशेष सांस्कृतिक प्रबद्र्धनका लागि आवश्यक सहयोग गरिनेछ ।
  • कला, साहित्य र संस्कृतिलाई संरक्षण तथा प्रबद्र्धन गर्न आवश्यक तालिम, प्रतियोगिता, शोध तथा कार्यशाला जस्ता कार्यक्रम गरिनेछ ।
  • सिमान्तकृत चेपाङ समुदायको मौलिक कला सस्कृति संरक्षणका लागि एक चेपाङ सस्कृतिक संग्रहालय स्थापनाका लागि अध्ययन गरिनेछ ।
  • गाउँपालिका भित्र भएका ऐतिहासिक, पुरातात्विक, धार्मिक, पर्यटकीय सम्पदा, मठ मन्दिर, पाटी, पौवा, सत्तल, कुवा, पधेरो, ढुङ्गेधारा, अन्तिम दाह संस्कार गर्ने घाट जस्ता सम्पदाहरुको पुर्ननिर्माण तथा संरक्षणमा जोड दिइनेछ ।

(क ५) खेलकुद तथा मनोरञ्जन

  • युवाहरुलााई लक्षित गरी खेलकुदलाई जीवनको अभिन्न अङ्गको रुपमा लिनु पर्ने सन्देशलाई साकार गर्न खेलकुद गतिविधि, क्षमता विकास, विस्तार तथा गाउँपालिकास्तरीय खेलकुद विकास समिति गठन गरी कार्यान्वयन गर्न पहल गरिनेछ ।
  • स्वस्थ, अनुशासन र राष्ट्रिय गरिमाका लागि खेलकुद र खेलाडीको प्रबद्र्घन गर्न कम्तिमा एक वडा एक खेलकुद मैदान निर्माण गर्ने नीति अवलम्बन गरिनेछ भने सामुदायिक विद्यालयका खेलकुद मैदानको स्तरोन्नति गर्ने नीति लिइनेछ ।
  •  गाउँ तथा वडा तहमा विविध विधाका खेलकुद कार्यक्रम सञ्चालन गरी खेलाडीको पहिचान र क्षमता विकासको अवसर प्रदान गरिनेछ । गाउँपालिकाको केन्द्रमा एक कवर्डहल निर्माणको लागि सम्भाव्यता अध्ययन गरिनेछ ।

(क ६) लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण

  • गाउँपालिका भित्र लैङ्गिक विभेद अन्त्य गरी महिला र पुरुषलाई हरेक कार्यक्रममा सहभागि गराउँदै लगिनुका साथै दलित, अल्पसंख्यक, पिछडीएका वर्ग र समुदायहरुको क्षमता अभिबृद्धिका कार्यक्रमहरु संचालन गरिनेछ ।
  • बालश्रम न्यूनिकरण, बाल शोषण अन्त्य, घरेलु बालश्रमिकको पुनःस्र्थापना तथा जोखिममा परेका बालबालिकाहरुको पुनस्थापना गरी यस गाउँपालिका क्षेत्रलाई बालश्रम उल्मुलन क्षेत्र घोषणा गर्ने गरी नीति तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
  • महिला वर्गको आर्थिक, सामाजिक तथा राजनैतिक क्षेत्रमा पहुँच पु¥याउन उनीहरुको सहभागितालाई सुनिष्चित गर्ने नीति अबलम्बन गर्दै महिला सशक्तिकरणमा जोड दिई उनीहरुलाई प्रतिसपर्धी योग्य बनाइनेछ ।
  • जेष्ठ नागरिकको ज्ञान, सीप, अनुभव र विज्ञतालाई ग्रामीण विकास कार्यमा पूँजीकृत गर्दै उनीहरुको सम्मानित मर्यादापूर्वक जीवत व्यतित गर्ने वातावरण मिलाउन गाउँपालिका स्तरीय जेष्ठ नागरिक समाज गठनका लागि पहल गरिनेछ ।
  • सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी र पारदर्शी ढङ्गले सञ्चालन तथा अनुगमन गर्ने व्यवस्था मिलाइने छ ।
  • लैङ्गिक समानता र सामाजिक समावेशीकरणको नीतिलाई मूलप्रवाहीकरणमा ल्याइनेछ ।
  • महिला, बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका गाउँवासी, आदिवासी, जनजाति, दलित तथा सीमान्तकृत समुदायको अधिकार, सेवा सुविधा, क्षमता विकास र समान अवसरका लागि विशेष प्राथमिकताका साथ योजना तथा कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

(ख) आर्थिक क्षेत्र
(ख १) कृषि तथा पशुपालन

  • गाउँबासीहरुमा ब्यापक स्वरोजगारीको सृजना गर्न एक गाउँ एक उत्पादनको नीति सहित विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
  • व्यवसायिक कृषि उत्पादन, उद्योग र सेवा क्षेत्रमा प्रत्येक वडाको विस्तृत सम्भाब्यता अध्ययन पश्चात् हरेक वडाको बेग्ला बेग्लै पहिचान स्थापित गराइ उपभोग्य सामग्रीको परनिर्भरता कम गर्दै आफ्नै गाउँभित्र उत्पादित वस्तु र सेवाको उपभोगका लागि गाउँवासिलाई अभिप्रेरित गरिनेछ ।
  • हामीले अवलम्वन गर्दैआइरहेको निर्वाहमुखी कृषिलाई ब्यवसायिक कृषिमा रुपान्तरित गरी कृषिलाई उत्पादनको श्रोतको रुपमा विकास गर्न विशेष कृषि कार्यक्रम सञ्चालन गरिनेछ । जसका लागि कृषि उत्पादनलाई आधुनिकरण गरी उन्नत जातको वीऊ, विजन, कृषि सामाग्री तथा अत्याधुनिक कृषि औजारतर्फ विशेष सहुलियत दिई कृषकलाई आकर्षण गरी उत्पादनलाई बृद्धि गर्ने नीति अबलम्बन गरिनेछ ।
  • विषादी रहित प्रङ्गारिक खेती तथा व्यवसायिक पशुपालनलाई प्रोत्साहन दिँदै पशु तथा बालीबीमा कार्यक्रम सञ्चालन गरिनेछ भने सहकारी खेती तथा सामुहिक खेतीलाई प्रवद्र्धन गर्न अनुदानको व्यवस्था मिलाईनेछ ।
  • कृषकहरुलाई आधुनिक नगदेबाली तथा फूलखेती तर्फ प्रोत्सान गर्न स्थानीय स्तरमै कृषि उपज बजार केन्द्रको स्थापनामा जोड दिइनेछ ।
  • कृषि प्राविधिक (जेटिए) लाई किसानको पहुँचसम्म पु¥याइनेछ साथै किसान र उपभोक्ताहरुको बीचका विचौलियाहरुलाई विस्थापित गरी किसानले उत्पादन गरेका उत्पादित वस्तुहरु सिधै बजारसम्म पु¥याउने तर्फ योजना बनाइ लागू गरिनेछ ।
  • आधुनिक उन्नत पशुहरुको उत्पादनमा जोड दिदै किसानहरुलाई दुग्ध र मासुजन्य उत्पादनमा प्रोत्सान गरिनेछ ।
  • प्रत्येक वडामा पशु स्वास्थ्य चिकित्सक किसानको पहुँचसम्म पु¥याइ पशुधनको क्षति न्यूनिकरणका लागि रोग नियन्त्रण गर्न खोप कार्यक्रम सञ्चालन गर्न पहल गरिनेछ ।

(ख २) उद्योग तथा वाणिज्य

  • एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना गर्ने संघीय सरकारको नीति अनुरुप गाउँपालिकाभित्र त्यस्ता स्थान पहिचान गरी आवश्यक पूर्वाधार निर्माणका लागि संघीय सरकारसँग समन्वय गरी औद्योगिक ग्राम स्थापना गर्ने कार्य अगाडी बढाइनेछ ।
  • गाउँपालिकामा उद्योग व्यवसायको प्रबद्र्धन गर्न उद्यममैत्री कार्यक्रम सञ्चालन गरिनेछ साथै ठूला लगानीकर्ताहरुलाई आकर्षित गर्न आवश्यक वातावरण मिलाउनुका साथै साना तथा घरेलु उद्योगिहरुलाई आकर्षण गर्न विषेश कार्यक्रमको व्यवस्था गरिनेछ ।
  • उद्योग वाणिज्य संघसँगको सहकार्यमा गाउँपालिका क्षेत्रमा संचालित व्यवसायिक फर्महरुको दर्ता तथा नविकरण कार्यलाई गति दिइनेछ
  • सार्वजनिक निजी साझेदारी नीतिको अबलम्बन गर्दै निजी क्षेत्रसँगको सहकार्यमा गर्न सकिने दीर्घकालीन योजनाहरुको अध्ययनको शुरुवात गरिनेछ ।
  • पर्यावरण तथा वातावरण प्रदुषण गर्ने उद्योगलाई विस्थापित गर्ने नीति अबलम्बन गरिनेछ ।

(ख ३) पर्यटन

  • पर्यटनलाई विकासको महत्वपूर्ण आधारशिलाको रुपमा लिई त्रिशुली नदी, हुग्दी खोला, नोहक गुफा, कोटगाउँ तथा सुन्दरनागी, व्रुम्दी लगायतका क्षेत्रलाई पर्यटन गन्तब्य स्थलको रुपमा विकास गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन प्रबद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
  • महाभारत श्रृखलामा ट्रेकिङ रुटको विकास तथा विभिन्न वस्तिमा होमस्टे संचालनका लागि आवश्यक पहल गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याइनेछ ।

(ख ४) सहकारी

  • गाउँपालिका भित्र रहेका सहकारी तथा वित्तिय क्षेत्रहरुसँग सहकार्य गरी उत्पादनमूलक कार्यक्रममा लगानी मैत्री वातावरण सिर्जना गरिनेछ ।
  • गाउँपालिका भित्र रहेका सहकारीले वार्षिक रुपमा कम्तिमा एक सहकारी एक सामाजिक कार्यक्रम गर्नुपर्ने नीति अवलम्बन गरिने छ ।
  • सहकारी सँग भएको पूँजीलाई उद्यम विकास तथा रोजगारीको क्षेत्रमा लगानीका लागि गाउँपालिकाबाट पहिचान भएका उद्यमीहरुलाई उनीहरुको आवश्यकता र क्षमता हेरी सामुहिक जमानीमा विना धितो ऋण उपलब्ध गराउन सक्ने नीति अवलम्बन गरिने छ ।
  • गाउँपालिका भित्र रहेका सहकारी संस्थाको अनुगमन तथा नियमन गरी विषयगत कार्यप्रति उत्तरदायी बनाइनेछ ।
  • गाउँपालिका क्षेत्रभित्र सञ्चालन भएका सबै विषयगत सहकारी संघ संस्थाहरुसँग समन्वय गरी लक्षित वर्गका लागि सीप विकास तथा उद्यमशीलता विकास सम्बन्धी तालिमहरु संचालन गरी गरिवी र बेरोजगारी हटाउने कार्यको आरम्भ गरिनेछ ।

(ख ५) वित्तीय क्षेत्र

  • गाउँपालिका क्षेत्रमा संचालित बैंक तथा वित्तीय संस्थाहरुलाई गाउँपालिकामा दर्ता हुन र नयाँ वित्तीय संस्था खोल्नुपूर्व अनिवार्य रुपमा गाउँपालिकाको स्वीकृति लिनु पर्ने नीति कार्यान्वयन गरिनेछ ।
  • कुनै एक स्थान विशेषमा मात्र केन्द्रीत बैंक तथा वित्तीय संस्थालाई गाउँपालिकाका अन्य क्षेत्रमा पनि विस्तार गर्न सहयोग र प्रोत्साहन गर्ने नीति लिइनेछ ।
  • गाउँपालिका भित्र रहेका वित्तिय संस्थाहरुको अनुगमन तथा नियमन गरी विषयगत कार्यप्रति उत्तरदायी बनाइनेछ ।

(ख ६) बाह्य क्षेत्र

  • अन्तराष्ट्रिय गैरसरकारी संस्था, नियोग तथा स्वदेशी लगानीकर्ताले गाउँ क्षेत्रमा विशेष लगानी तथा विकास आयोजना सञ्चालन गर्न चाहेमा त्यस्ता सस्थालाई स्वागत गर्दै लगानीमैत्री वातावरण सृजना गरिनेछ ।

(ग) पूर्वाधार क्षेत्र
(ग १) स्थानीय सडक, पुल तथा झोलुङ्गे पुल

  • व्यवस्थित सडक सञ्जाललाई विकासको मुख्य आधारशिला मान्दै सडक निर्माण तथा व्यवस्थापन नीति तयार गरि लागु गरिनेछ ।
  • वेनीघाट रोराङ गाउँपालिकाका हरेक वडा कार्यालयसम्म बाह्रै महिना चल्ने व्यवस्थित सडक निर्माणलाई प्राथमिकता दिई एक गाउँ एक नमुना सडकको नीति लिइनेछ ।
  • देशकै विकास मेरुदण्डको रुपमा रहेको पृथ्वी लोकमार्गलाई सुरक्षीत तथा सुन्दर वनाउन राजमार्गको केन्द्रवाट १५/१५ मि. दायाँ/वायाँका सम्पूर्ण संरचनाहरु हटाई फुटपाथ सहितको राजमार्ग निर्माणको अभियानलाई निरन्तरता दिइनेछ ।
  • सवै बजारबासी र टोलसुधार समितिसँग सहकार्य गरी एक घर एक रुख अभियान सञ्चालन तथा फोहरमैला विसर्जन केन्द्रको स्थापना र विकास गदै गाउँपालिकाको सौन्दर्य अभिवृद्धि गरिनेछ ।
  • गाउँपालिकाको बजार तथा ग्रामिण क्षेत्रको सार्वजनिक जग्गाको खोजी तथा अतिक्रमण न्यूनीकरणका लागि नापी, मालपोत लगायतका निकाय र गाउबासी सरोकारवालाहरुसँग सहकार्यको माध्यमबाट अतिक्रमित र सार्वजनिक जग्गा छुट्याइनेछ ।
  • ग्रामिण सडकहरुको स्तर निर्धारण तथा मापदण्ड तयार गरि सवै सडक र गल्लीको लगतकट्टा गर्न पहल गरिनेछ ।

(ग २) सिंचाई

  • गाउँपालिकाका कृषि योग्य भूमीमा सिञ्चाइको लागि श्रोतको खोजी गदै नहर, कूलोवाट सिञ्चाई हुन नसक्ने स्थानमा लिफ्ट सिञ्चाइ, डिप वोरिङ, पलाष्टिक पोखरी जस्ता कार्यक्रमलाई प्राथमिकता दिई क्रमिक रुपमा सिञ्चाई सुविधा पुर्याइनेछ ।
  • सम्भावित नयाँ सिंचाई आयोजनाहरु निर्माण गरी थप जग्गामा सिंचाई सुविधा पु¥याई कृषि उत्पादनमा बृद्धि गर्दै जाने नीति अबलम्बन गरिनेछ ।
  • संचालित सिंचाई आयोजनाहरुको मर्मत तथा स्तरोन्तति गरी बाह्रै महिना सिंचाई सुविधा पु¥याउने नीति लिइनेछ ।

(ग ३) भवन तथा शहरी विकास

  • राजमार्गको नजिक रहेका मझिमटार, फचिमटार, धुषाटार, विशालटार, वाहुनटार तथा रिचोकटार जस्ता टारहरुमा नमुना वस्ति निर्माणको लागि आवस्यक पूर्वाधार विकासमा जोड दिइनेछ ।
  • गाउँपालिका क्षेत्रमा नयाँ घर निर्माण गर्दा नक्सापास सहित भवन निर्माण संहिता मापदण्ड २०७२ लाई पूर्ण रुपमा पालना गर्न अभिप्रेरित गरिनेछ । गाउँपालिका घोषणा हुनु अघि बनेका घरहरुलाई समेत गाउँपालिकाले निर्धारण गरेको मापदण्डमा नक्सापास र नियमित गर्ने अभियानलाई निस्चित समयसीमा तोकी कडाइ गरिनेछ । साथै अब उप्रान्त गाउपालिकाभित्र बन्ने घरमा कम्तीमा १ रुख र १ सेफ्टी ट्यांकी अनिवार्य गरिनेछ ।
  • गाउँपालिका भित्र रहेका ग्रामीण क्षेत्रलाई क्रमिक रुपमा विकासका पूर्वाधारहरु निर्माण गरी सहरीकरण गरिनेछ ।

(ग ४) उर्जा, लघु तथा साना जलविद्युत (वैकल्पिक उर्जा समेत)

  • विद्युत पहुच नपुगेका टोल वस्तीमा चालु आर्थिक वर्ष भित्र केन्द्रीय प्रशारणको विद्युत सुविधा पु¥याउन आवश्यक व्यवस्था गरिनेछ ।
  • गाउँबासीलाई सौर्य उर्जा उत्पादनलाई प्रोत्सान गरी उज्यालो गाउँपालिका अभियान सञ्चालन गरिनेछ ।
  • गाउँपालिकाको राजमार्ग क्षेत्र र सार्वजनिक चोक तथा धार्मिक स्थलहरुका क्रमिक रुपमा सौर्य वत्ति जडान गर्न पहल गरिनेछ ।
  • बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँगको समन्वयमा धुँवारहीत चुलो निर्माणलाई प्रोत्साहन गरिनेछ ।

(ग ५) संचार

  • नेपाल टेलिकमसँगको सहकार्यमा ग्रामीण क्षेत्रका सबै स्थानमा गुणस्तरीय मोबाइल फोन तथा इन्टरनेट सेवाको सुनिश्चिता प्रदान गरिनेछ ।
  • कार्यपालिकाको कार्यालयका साथै सवै वडा कार्यालयमा इन्टरनेट सेवाको विस्तार गरी दैनिक प्रसासनिक कार्यलाई प्रविधि मैत्री वनाइनेछ

(घ) वातावरण तथा विपद व्यवस्थापन
(घ १) वन तथा भू – संरक्षण

  • गाउँ क्षेत्रका सामुदायिक, कबुलियती तथा सरकारी वनको संरक्षण गर्दै वृक्षारोपण कार्य अगाडि बढाइनेछ भने आवश्यकता अनुसार जडिबुटी विकास कार्यक्रम तथा भूसंरक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
  • डढेलो लगायत वन विनासप्रति नागरिकलाई सचेत गराई वन संरक्षणमा सबैलाई सहभागि गराइनेछ ।
  • सामुदायिक वन व्यवस्थापन नीतिलाई सहयोग पुग्ने खालका कार्यक्रमहरु कार्यान्वयन गरी सामुदायिक वन उपभोक्त समूहहरुको क्षमता विकासका कार्यक्रमहरु ल्याइनेछ ।
  • सार्वजनिक जग्गा ऐलानि प्रति, बाटो चौतारो, चोक, एवं परम्मपरागत खुल्ला क्षेत्र र सरकारी जमिनलाई सिमाङ्कन गरी संरक्षण गरिनेछ
  • पहिरो गएको स्थान तथा पहिरोको जोखिम रहेको स्थानमा आवश्यक पूर्वाधार निर्माण गरी क्षति न्यूनिकरण गर्ने उपाय अबलम्बन गरिनेछ ।

(घ २) जलाधार संरक्षण

  • वृक्षरोपण र तारवार गरी गाउँपालिका क्षेत्रभित्रका जलाधार संरक्षण गर्ने तथा पानी भकारी (प्लाष्टिक पोखरी) निर्माणका लागि आवश्यक योजना संचालन गरिनेछ ।

(घ ३) वातावरण संरक्षण र जलवायु परिवर्तन

  • स्वस्थ नागरिक सम्वृद्ध गाउँपालिकाको आधार भन्ने मान्यताका साथ स्वास्थ तथा सरसफाई क्षेत्रको विकासमा विभिन्न निकायलाई परिचालित गरि पूर्ण सरसफाई युक्त गाउँपालिका निर्माणको कार्यक्रम सञ्चालन गरिनेछ ।
  • वेनीघाट रोराङ गाउपालिकाका हरेक योजना तथा कार्यक्रमहरुमा वातावरण तथा पर्यावरण र जलवायुमैत्री पूर्वाधार विकासमा जोडदिइनेछ ।
  • क्रमिक रुपमा बढ्दै गएको जलवायु परिवर्तन प्रति सबैलाई सचेत गराउँदै हरियालीपनको विकास गरी जलवायु परिवर्तन न्यूनिकरण गर्दै लगिनेछ ।
  • जलवायु परिवर्तनको प्रभावबाट पर्ने असरहरुबाट बच्ने उपायका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिनेछ ।

(घ ४) फोहरमैला तथा ढल व्यवस्थापन

  • राजमार्ग क्षेत्रका जुनसुकै फोहरलाई नदिमा फाल्ने कार्य तथा प्राकृतिक श्रोतको अव्यवस्थित प्रयोग र त्यसवाट त्रिशुली नदीमा हुने प्रदुषण समेत लाई नियन्त्रण गरी त्रिशुली नदीको स्वच्छता पुनस्र्थापित गराई स्वच्छ त्रिशुली हाम्रो अभियान कार्यक्रम सञ्चालन गरिनेछ ।
  • विशेष गरी राजमार्ग आसपासका घरबाट उत्सर्जन हुने फोहोरलाई गल्ने र नगल्ने गरी घरबाट नै दुई भागमा विभाजन गरी गल्ने फोहोरबाट कम्पोष्ट मल तयार गरी बालीमा प्रयोग गर्न प्रोत्साहन गरिनेछ भने नगल्ने फोहोरफाई पुनः प्रयोग गर्ने प्रविधिलाई प्रोत्साहन गरिदै लगिनेछ ।
  • प्लाष्टिकजन्य वस्तु वातावरणीय दृष्टिकोणमा हानिकारक हुन भन्ने कुरा चेतना अभिवृद्धि गराउदै यसको विकल्पको खोजी गरी प्रयोग गर्न प्रोत्साहित गरिने छ ।
  • टोल विकास संस्था तथा क्लबहरुलाई परिचालन गरी सरसफाई तथा हरियाली क्षेत्र विस्तार गरी वातावरणीय सन्तुलन कायम गर्ने कार्यको जिम्मेवारी दिईने छ ।

(घ ५) जलउत्पन्न प्रकोप नियन्त्रण

  • नदीनालाबाट उत्पन्न हुने प्रकोप नियन्त्रण गर्न खोलामा तटबन्द निर्माण गरी रोकथाम गरिनुका साथै जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयसँगको सहकार्यमा नियन्त्रणका कार्यक्रमहरु समेत संचालन गरिनेछ ।

(घ६) विपद व्यवस्थापन

  • गाउस्तरीय विपत् व्यवस्थापनका लागि एक विपत ब्यवस्थापन कोषको स्थापना गरिनेछ । कोषको रकम बृद्धि गरि प्रभावकारी काम गर्न विपत् क्षेत्रमा काम गर्ने गैह्रसरकारी संघ संस्थाहरुसंग सहकार्य गरिनेछ ।
  • संभावित विपद जोखिम न्यूनिकरणका लागि गाउँपालिकाका सबै वडामा प्राकृति प्रकोप जनचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
  • विपत पश्चात आइपर्ने जोखिमबाट बच्चनका लागि पूर्व तयारी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
    – सरोकारवाला निकायहरुसँगको सहकार्यमा विपद व्यवस्थापन कार्ययोजना तयार गरी कार्यान्वयन गरिनेछ ।

(ङ) संस्थागत विकास, सेवा प्रवाह र सुशासन
(ङ १) सामान्य सेवा

  • गाउँपालिकाको प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पेशागत, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउँदै लगिनेछ ।
  • गाउँपालिका भित्रका कर्मचारीको कार्य सम्पादन मुल्याङ्कन गर्ने परीपाटीको विकास गरी पूर्ण जिम्मेवार बहन गर्ने कर्मचारीको उचित मूल्याङ्क गरी पुरस्कृत र नगर्ने कर्मचारीलाई कारवाही गर्ने परिपार्टीको विकास गरिनेछ ।
  • गाउँपालिका भित्रका कर्मचारीलाई समय सापेक्ष प्रविधि मैत्री क्षमता विकास गरिनेछ ।
  • गाउँपालिका र वडा कार्यालयहरुका भवन निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
  • कर्मचारी तथा जनप्रतिनिधिहरुको क्षमता विकासका लागि आवश्यक तालिम तथा भ्रमणको ब्यवस्था गरिनेछ ।
  • भ्रष्टाचार, अनियमिता तथा ढिलासुस्ती प्रति शून्य सहनशीलताको नीति अवलम्बन गरी संविधान प्रदत्त सूचनाको हक सम्बन्धी कानूनको पूर्ण सम्मान र पालना गर्दै सार्वजनिक पहूँचको अवधारणामा प्रशासन सञ्चालन गरिनेछ ।

(ङ २) सुरक्षा व्यवस्थान

  • नगर प्रहरीको व्यवस्था गरी नेपाल प्रहरी संगको सहकार्यमा कार्यपालिका तथा वडा कार्यालयहरुको सुरक्षा गरिनेछ ।
  • गाउपालिका भित्र रहेका नेपाल प्रहरीका इकाइहरु संगको समन्वयमा गाउमा शान्ति सुरक्षाको वातावरण कायम राख्ने प्रवन्ध मिलाइनेछ

(ङ ३) सूचना प्रविधि

  • सूचना र प्रविधिको माध्यबाट गाउँपालिकामा सेवाग्राहीको गुनासो सम्बोधन गरिने परिपार्टीको विकास गरिनेछ ।
  • गाउँपालिका र वडा कार्याहरुलाई सूचना मैत्री कार्यालयको रुपमा विकास गरिनेछ ।
  • गाउँपालिका भित्र रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रका बारेमा सूचना र सञ्चारको माध्यमबाट अभिलेखिकरण गरिनेछ ।

(ङ ४) पञ्जिकरण

  • अनलाईन व्यक्तिगत घटना दर्ता प्रक्रियालाई थप वडाहरुमा विस्तार गदै लगिनेछ भने सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको विवरणलाई थप अद्यावधिक गरिनेछ ।

(ङ ५) स्थानीय तथ्याङ्क संकलन र अभिलेख व्यवस्थापन

  • गाउँपलिकाको समग्र सूचना संकलन गरी गाउँपालिकाको पाश्वचित्र (ख्ष्ििबनभ एचयाष्भि) अद्यावधिक गर्दै लगिनेछ ।
  • विगत गाविस हुँदा बखतदेखिका अभिलेखहरुलाई कम्प्युरकृत गरी सुरक्षित राख्ने प्रयत्न गरिनेछ ।

(ङ ६) सुशासन प्रवद्र्धन

  • गाउँपालिका भित्र सञ्चालन हुने विभिन्न योजना तथा कार्यक्रमलाई गुणस्तरीय तथा पारदर्शी वनाउन रु तीनलाख भन्दा वढि लागतको योजना तथा कार्यक्रमको योजना सञ्चालन स्थलमै सुचना वोर्ड राख्ने तथा सवै योजना तथा कार्यक्रमहरुको कार्य सम्पन्न पश्चात सवै उपभोक्ताको उपस्थितिमा सार्वजनिक परीक्षण गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ ।
  • प्रत्येक योजना तथा कार्यक्रममा उपभोक्ताहरुको छुट्टै अनुगमन समिति, प्रत्येक वडामा वडा समिति र गाउँपालिकामा गाउँपालिका अध्यक्षको अध्यक्षतामा गठित अनुगमन समिति गरी तीन तहको अनुगमन संयन्त्रवाट सवै योजना तथा कार्यक्रमहरुको अनुगमनको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
  • गाउँपालिका सबै वडा कार्यालयमा सेवाग्राहीले सहज र सरलरुपमा नागरिक बडापत्र देख्ने गरी नागरिक बडापत्र टाँस गरिनेछ । नागरिक बडापत्रका बारेमा सेवाग्राहीलाई सचेत गरिदै लगिनेछ ।
  • सूचनाको हक सम्बन्धी कानून बमोजिम सेवाग्राहीले मागेका विवरणहरु समयमै उपलब्ध गराइनेछ ।
  • गाउँपालिकाबाट संचालित योजना तथा कार्यक्रमहरुको सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई र सामाजिक परिक्षणका कार्यहरु नियमित रुपमा गरिनेछ ।

(ङ ७) अनुसन्धान, विकास र विविध

  • आवधिक गाउँ विकास योजना तथा यातायात गुरुयोजना तर्जुमा गरिनेछ ।
  • गाउपालिकाको समग्र विकासका लागि सामाजिक संघ संस्थाहरुसंगको सहकार्यलाई जोड दिइनेछ । गाउँपालिकामा कार्यक्रम स्वीकृत गराएका संघ सस्थाहरुसंग आवश्यक सहकार्य र साझेदारीमा कार्यक्रम सञ्चालन गरिनेछ भने, गाउँपालिकामा समन्वय नगरी यसक्षेत्रमा कार्यक्रम सञ्चालनको लागि रोक लगाइनेछ ।
  • गाउँको आन्तरिक आय अभिबृद्धि गर्न करको दायरालाई बढाउँदै सहभागितामूलक करनीति अवलम्बन गरिनेछ ।
  • स्थानीय सरकार सञ्चालनको मूल आधार स्थानीय आय भएकाले गाउँबासी, उद्योग वाणिज्य संघ, टोलसुधार समितिहरु र स्थानीय विद्यालय तथा क्याम्पसहरुसँग सहकार्य गरी कर सचेतना तथा अभिबृद्धि कार्यक्रम मार्फत कर अभियानलाई अघि बढाइनेछ ।

गाउ सभाका सदस्य ज्यु हरु,
गाउबासीको चाहना र आवश्यकताको सम्बोधनलाई उच्च प्राथमिकता दिई निर्माण गरिएको क्षेत्रगत नीति तथा आधार अनुरुपमा बजेट निर्माण र प्रभावकारी कार्यान्वय मार्फत विकासका लक्ष हासिल हुनेमा पूर्ण विश्वस्त हुँदै नीति तथा कार्यक्रम तर्जुमामा सहयोग प्रदान गर्नु हुने वेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष ज्यू, वडा अध्यक्ष ज्यूहरु, कार्यपालिकाका सदस्य ज्युहरु, वडा सदस्य ज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत ज्यू, गाउपालिकाका शाखा प्रमुखहरु सहित सम्पूर्ण कर्मचारीहरु, वडा सचिव लगायत वडा कार्यालयका कर्मचारीहरु, अन्य सरकारी कार्यालयका कर्मचारीहरु, शिक्षक, विभिन्न संघ सस्था, उद्योगी, व्यवसायी, तथा समस्त वेनीघाट रोराङ गाउवासीहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धादिङमा निर्वाचित महिला जनप्रतिनिधी सदस्यहरुसँगको २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लैङिगक हिंसाको अन्त्य गर्नु नै सभ्य समाज बिकासको आधार तय गर्नु हो–उपाध्यक्ष बिसुराल

लैङिगक हिंसाको १६ दिने विश्वव्यापी अभियानलाई निरन्तरता दिन आवश्यक छ–उपाध्यक्ष अर्याल

सिद्धलेक गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० मंसिर २७ गते देखि हुने

भैरवी वचत तथा ऋण सहकारी संस्था लि.धादिङको २२ ओैं साधारण सभा तथा अधिवेशन सम्पन्न

गंगाजमुना माई क्षेत्र बिकासको लागि पालिकाद्धारा कार्यदल गठन

धादिङमा न्यायिक क्षमता अभिवृद्धि सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

हिंसा र अपराध न्यूनीकरण अब समूदाय स्तरबाटै अन्त्य गर्नुपर्छ – प्रहरी उपरीक्षक मिश्र

धादिङमा नागरिकता सिफरिस तथा पञ्जिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

आज ३६औँ विश्व एड्स दिवस : धादिङ देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँयो

त्रिपुरासुन्दरी गाउँपालिकामा प्रभात फेरी कार्यक्रम सम्पन्न

धादिङमा गोरखा झल्काउने ‘रामशाह चौतारा’ निर्माण गर्ने सहमति
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    धादिङमा निर्वाचित महिला जनप्रतिनिधी सदस्यहरुसँगको २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • २

    लैङिगक हिंसाको अन्त्य गर्नु नै सभ्य समाज बिकासको आधार तय गर्नु हो–उपाध्यक्ष बिसुराल

  • ३

    लैङिगक हिंसाको १६ दिने विश्वव्यापी अभियानलाई निरन्तरता दिन आवश्यक छ–उपाध्यक्ष अर्याल

  • ४

    सिद्धलेक गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० मंसिर २७ गते देखि हुने

  • ५

    भैरवी वचत तथा ऋण सहकारी संस्था लि.धादिङको २२ ओैं साधारण सभा तथा अधिवेशन सम्पन्न

  • ६

    गंगाजमुना माई क्षेत्र बिकासको लागि पालिकाद्धारा कार्यदल गठन

  • ७

    धादिङमा न्यायिक क्षमता अभिवृद्धि सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • ८

    हिंसा र अपराध न्यूनीकरण अब समूदाय स्तरबाटै अन्त्य गर्नुपर्छ – प्रहरी उपरीक्षक मिश्र

  • ९

    धादिङमा नागरिकता सिफरिस तथा पञ्जिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • १०

    आज ३६औँ विश्व एड्स दिवस : धादिङ देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँयो

  • ११

    त्रिपुरासुन्दरी गाउँपालिकामा प्रभात फेरी कार्यक्रम सम्पन्न

  • १२

    धादिङमा गोरखा झल्काउने ‘रामशाह चौतारा’ निर्माण गर्ने सहमति

  • १३

    शिक्षा दिवसका अवसरमा न्यु किबो वोर्डिङबाट समीर र आयुष सम्मानीत

  • १४

    सामूदायिक रेडियो रेडियो बिहानीले मनायो आफ्नो १५ औँ स्थापना दिवस

  • १५

    गंगाजमुना गा.पा ले भौतिक पूर्वाधार बिकास तर्फका योजनामा छुटटै कार्यविधी बनाएर कार्यन्वयन गर्ने

  • १

    धादिङमा नागरिकता सिफरिस तथा पञ्जिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • २

    आज ३६औँ विश्व एड्स दिवस : धादिङ देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँयो

  • ३

    त्रिपुरासुन्दरी गाउँपालिकामा प्रभात फेरी कार्यक्रम सम्पन्न

  • ४

    धादिङमा गोरखा झल्काउने ‘रामशाह चौतारा’ निर्माण गर्ने सहमति

  • ५

    शिक्षा दिवसका अवसरमा न्यु किबो वोर्डिङबाट समीर र आयुष सम्मानीत

  • ६

    सामूदायिक रेडियो रेडियो बिहानीले मनायो आफ्नो १५ औँ स्थापना दिवस

  • ७

    गंगाजमुना गा.पा ले भौतिक पूर्वाधार बिकास तर्फका योजनामा छुटटै कार्यविधी बनाएर कार्यन्वयन गर्ने

  • ८

    मंसिर लागे सँगै धादिङका अधिकांश किसानहरु धान भित्र्याउने काममा व्यस्त

  • हाम्रो समाज
    थप

    धादिङमा न्यायिक क्षमता अभिवृद्धि सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

    धादिङमा नागरिकता सिफरिस तथा पञ्जिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    आज ३६औँ विश्व एड्स दिवस : धादिङ देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँयो

    त्रिपुरासुन्दरी गाउँपालिकामा प्रभात फेरी कार्यक्रम सम्पन्न

    धादिङमा गोरखा झल्काउने ‘रामशाह चौतारा’ निर्माण गर्ने सहमति

    शिक्षा दिवसका अवसरमा न्यु किबो वोर्डिङबाट समीर र आयुष सम्मानीत

    मंसिर लागे सँगै धादिङका अधिकांश किसानहरु धान भित्र्याउने काममा व्यस्त

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    •  खाद्य सुरक्षाको अवस्थामा सुधार ल्याउन सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑